३० आश्विन २०८३, शुक्रबार

विष्फोट गर्ने धम्की दिँदै १५ लाख फिरौती माग्ने ४ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २६ मंसिर । विष्फोट गर्ने धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बाराको परवानिपुर गाउँपालिका ४ स्थित चैनपुरबाट वुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा परवानिपुर गाउँपालिका ४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, जीतपुर सिमरा उपमहानगरपालिका २० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका ३ बस्ने ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन् ।

बारा परवनीपपुर गाँउपालिका ४ स्थित एमएस इँट्टा उद्योगका संचालक बारा कलैया उपमहानगरपालिका २५ बस्ने मनोज प्रसाद साह तेलीलाई बारा परवानीपुर गाउँपालिका ४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढले २३ महिना पहिलादेखि पटक पटक फोन गरी १५ लाख रुपैयाँ फिरौती रकम मादै नदिए प्रमोद गोढ समेतले मनोज प्रसाद तेलीको उक्त इँट्टा उद्योगमा बम बिष्फोट गरी फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुने धम्की दिएका थिए ।

उनीहरुले मोवाइलबाट एसएमस तथा फोन गरी धम्की दिएपछि वुधबार फिरौती रकम ३ लाख लिएर परवानिपुर गाउँपालिका ४ स्थित चैनपुरमा आउनु भनि बोलाएका थिए ।

फिरौती रकम माग गरी लिन जाने उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पक्राउ गरी उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकामध्ये प्रमोद साह गोढलाई पर्सा बीरगंज उपमहानगरपालिका ८ स्थित सडकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अवैध घरेलु नलकटुवा बन्दुक १ थान र ३ राउण्ड गोली सहित २०७३ चैत्र २८ गते पक्राउ गरी हातहतियार खरखजना मुद्दा चलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुले बारा प्रसौनी गाउँपालिका ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती माग गरेको र फिरौती रकम नदिए पश्चात २०७६ असोज १० गते रातको समयमा सुतली बम बिष्फोटन गराएको खुल्न गएकाे छ ।

परवानीपुर गाउँपालिका ४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेको र रकम नदिए पश्चात २०७६ असोज २ गते सुतली बम बिष्फोटन गराएको र सो रिफाइनरीबाट २५ हजार रुपैयाँ फिरौती रकम लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।