३० आश्विन २०८३, शुक्रबार

आमाको हत्या गर्ने पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


वालिङ, २५ मंसिर । आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुभयो ।

प्रवक्ता घिमिरेका अनुसार छोरा नारायण तिवारीले मङ्सिर १२ गते अन्दाजी ४ः३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँटी अठ्याएर मारेको खुल्न आएको छ ।

पक्राउ परेका नारायणलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी मङ्सिर २४ गते मङ्गलबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले बताउनुभयो । –रासस