३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्री बादल र बेलायती राजदुतबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ मंसिर । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त अधिराज्य(बेलायत)का नवनियुक्त राजदुत निकोला पोल्लिटले वुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त हुनुभएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।

उनले गृह मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ति क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताए ।

राजदुत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै ईतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताए ।

बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफुहरु गम्भिर रहेको बताउँदै अहिले धेरै समस्याहरु समाधान भईसकेको उनको भनाई छ ।
भेटवार्तामा राजदुत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिइन् ।