३ कार्तिक २०८३, मंगलबार

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ मंसिर । लिभरपुल समूह विजेताका रुपमा यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा रेड बुल सल्जबर्गलाई पराजित गरेर लिभरपुल समूह ई को विजेता बनेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले सल्जबर्गलाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो ।

लिभरपुलका लागि ५७ औँ मिनेटमा नेबी केइता र त्यसको एक मिनेटपछि मोहम्मद सालहले गोल गरेका हुन्।

दुई मिनेटभित्र दुई गोल गरेर जित निकालेको लिभरपुल ६ खेलबाट १३ अंकसहित समूह विजेता बन्यो । सोही समूहको अर्को खेलमा नापोलीले केआरकी गेन्कलाई ४–० ले पराजित गरेको छ । १२ अंकसहित नापोली समूह उपविजेता बनेको छ ।