१४ कार्तिक २०८३, शनिबार

मारुती सिमेन्टले हटाएपछि महिला मजदुरद्वारा आत्महत्या

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह

सिरहा, २५ मंसिर । सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट उद्योग कार्यरत महिला मजदुरलाई उद्योग व्यवस्थापनले निस्काशन गरेपछि ती मजदुरले आत्महत्या गरेकी छिन् ।

उद्योगका कारण महिला मजदुरले आत्महत्या गरेपछि आफन्तले सिरहा जिल्लाअन्तर्गत पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्गको चोहर्वा सडक मंगलबार अवरुद्ध बनाएर प्रदर्शन गरेका छन् ।

मारुती सिमेन्ट उद्योगमा दुई वर्षदेखि कार्यरत २१ वर्षीया अनिता पासवानलाई व्यवस्थापन पक्षले रोजगारबाट हटाएपछि आत्महत्या गरेको आफन्तले जनाएका छन् ।

व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासवानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारबाट हटाएको थियो । त्यसपछि पासवानले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले उद्योग अगाडि सडकमा टाएर बालेर प्रदर्शन गरेका थिए ।