३० आश्विन २०८३, शुक्रबार

एनआईसी एशिया लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा मंसिर २३ गते ट्रेड टावर थापाथलीमा सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै मंसिर २३ गते बसेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ३९ औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैँकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

अध्यक्ष ढकालसँग क्ष्ऋक्ष्ऋक्ष् बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी म्भयिष्ततभ मा कार्य गरेको र हाम्रो विकास बैंक लिको प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ ।

ढकालले सोमबार नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेर एनआईसी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनिया लगायतको उपस्थिति रहेको थियो ।

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।