३० आश्विन २०८३, शुक्रबार

‘सामाजिक संजालका कारण लैङ्गिक हिंसाका घटना बढेको’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २४ मंसिर । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक संजालका कारण लैङ्गिक हिंसाका घटना बढेको बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई सम्वोधन गर्दै उनले त्यसो भनेका हुन् ।

मादक पदार्थ हिंसाको अर्को कारण रहेको मन्त्री घिमिरेले औँल्याए । उनले देशमै प्रदेश नम्वर १ मा सबैभन्दा बढी मदिरा सेवन गर्ने गरेको तथ्यांक रहेको सुनाए । मन्त्री घिमिरेले हिंसा विरुद्धको अभियानलाई गाँउ बस्ती सम्म पूर्याएकोमा इटहरी उपमहानगरको प्रशंसा गरे ।

लैङ्गिक हिंसा विरुद्धको अभियानमा पुरुष सहभागिता वढाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै संविधानसभाका सांसद रेवती रमण भण्डारीले महिला हिंसाविरुद्ध अन्य देशमा नभएका प्रावधान समेत नेपालको संविधानमा रहेको बताए ।

कानुनी दायरा फराकिलो वनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि वढेको बताए । प्रदेश सांसद लिलम वस्नेतले इटहरी लैगिंक हिंसामुक्त क्षेत्र बन्ने गरी परिणामुखी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपमहानगरले कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा लैङ्गिक हिंसाको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरिन् । सवैवडाका १९सय २२ जनासँग सर्वेक्षण गरेर न्यायिक समिति, प्रहरी र अन्य श्रोतहरुलाई आधार मानेर प्रतिवेदन तयार गरिएको उपप्रमुख गौतमले बताइन् ।

लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनमा इटहरीको सबै वडाका गरि तीनसय जना बढी सहभागी छन् । सहभागीहरु सात वटा समूह बनाएर छलफल गरि एक वर्षे कार्ययोजना तयार गरिने छ ।