३० आश्विन २०८३, शुक्रबार

कामना सेवा विकास बैंकको नयाँ शाखा भक्तपुरको लोकन्थलीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा सञ्चालनमा ल्याएको छ ।

शाखा यही मंसिर २४ गते स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए ।

कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैँकिंग, मोबाइल बैँकिंग, सी-एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।