३ कार्तिक २०८३, मंगलबार

भुटानलाई हराउँदै नेपाल १३ औँ साग च्याम्पियन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर ।  नेपालले १३ औं दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।

नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।

यससंगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ । भुटानले भने पहिलो पटक साग फुटबलमा रजत पदक जितेको छ ।

यो सँगै नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।