३ कार्तिक २०८३, मंगलबार

साग फुटबलमा नेपालकाे जितसँगै नेपालकाे ५१ औँ स्वण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपालले दोश्रो गोल गर्दै फेरी अग्रता कायम गरेको छ । ५३ औँ मिनेटमा सुनिल बलले हेड मार्फत नेपाललाई अग्रता दिलाएका हुन् ।

खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि पहिलो गोल गरेका थिए।

खेलकाे ३८ औं मिनेटमा भुटानका खेलाडीले गाेल गर्दै बराबरी गरेका हुन् । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै बराबरी गरेका थिए ।

दशरथ रंगशालामा मंगलबार दिउँसो ३ बजे सुरु भएको फाइनल भिडन्तको १७ औं मिनेटमा नेपालले अग्रता लिएको थियाे ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले भुटानसँगको भिडन्त तय गरेको थियो।