
काठमाडौं, मंसिर २४ । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला रु। दुई सयले घटेको छ । महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार आठ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार पाँच सय निर्धारण गरेको छ ।
पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला एक हजार चार सयले घटेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । मंगलबार चाँदीको मूल्यमा प्रतितोला रु। पाँचले घटेर रु। आठ सय ३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।
गत बुधबार छापावाला सुन प्रतितोला रु। ७२ हजार दुई सय र तेजाबी सुन रु। ७१ हजार नौं सयमा खरिदबिक्री भएको थियो ।
सुनको मूल्य बिहीबार प्रतितोला दुई सय, शुक्रबार तीन सय, आइतबार पाँच सय र सोमबार प्रतितोला दुई सयले घटेको थियो । रासस















प्रतिक्रिया