३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा कसजु र गुरुवाचार्यप्रति श्रद्धान्जलि अर्पण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा हालसालै दिवंगत हुनु भएका वरिष्ठ पत्रकारद्वय स्व.बिनय कसजु तथा स्व.बिनय गुरुवाचार्यप्रति श्रद्धान्जलि अर्पण गरिएको छ ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित नेपाल हाउस(चमेनागृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरूको संजाल (ईञ्जा )ले डिसी महानगर क्षेत्रका सामाजिक अभियन्ता, संचारकर्मी तथा समुदाय सदस्यहरुको उपस्थितिमा नेपाली भाषा-साहित्य, पत्रकारिता र संचार जगतका दुई धरोहर स्व.कसजु तथा स्व.गुरुवाचार्यप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गरेको छ ।

ईञ्जाले पहिलो पटक बाल्टिमोरमा कार्यक्रमको आयोजना गरेको हो । उक्त श्रद्धान्जलि सभामा स्व.कसजु तथा स्व.गुरुवाचार्यको बारेमा संक्षेपमा उनीहरूको परिचय, समाज र पत्रकारिता जगतमा गरेका योगदानका बारेमा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले चर्चा गरे ।

दिवंगत कसजु तथा गुरुवाचार्यको लागि नेपाल तथा अन्य मुलुकबाट सन्देश पठाईएको अडियो भिडियो समेत प्रस्तुत गरिएको थियो ।

पत्रकारहरू तीर्थ कोइराला, कपिल काफ्ले, ध्रुबहरि अधिकारी, रामकृष्ण रेग्मी, बेल्जियमबाट लक्ष्मण देबकोटाले दुवै जनाको बारेमा पत्रकारितामा गरेको भूमिका, योगदान र बहुआयमिक व्यक्तित्वको बारेमा संक्षेपमा चर्चा गरेका थिए ।