
इलाम, २३ मंसिर । इलामको सूर्योदय नगरपालिका ५ अन्तुडाँडास्थित होमस्टेमा आगलागी हुँदा करिब २५ लाख बराबरको धनमाल नष्ट भएको छ । स्थानीय मानवीर तामाङको फ्याफुल्ला होमस्टेमा सोमबार बिहान बिजुली सर्ट भई आगलागी भएको हो ।
आगलागीमा सुन ४ तोला, नगद ५ लाख रुपैयाँ, लत्ताकपडा र फर्निचर लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया