३० आश्विन २०८३, शुक्रबार

अवैध अमेरिकी डलरसहित एक पाकिस्तानी पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ मंसिर । अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । राहदानी नम्बर एएस ६९७४३८४ वाहक ३८ वर्षीय अघा जीशान हैदरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौँ आएका उनलाई विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।