३० आश्विन २०८३, शुक्रबार

गौरिकाको चौथो स्वर्णसहित सागमा नयाँ कीर्तिमान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ मंसिर । गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन् । नेपालमा जारी १३ औं सागको पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण जितेकी हुन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण हासिल गरेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निर्धारित दुरी पौडेकी थिइन् ।

योसँगै गौरिका सागको एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् । उनीभन्दा अघि सागको फरक संस्करणमा चार स्वर्ण जितेर दीपक विष्टले कीर्तिमान बनाएका थिए ।