
काठमाडौँ, २३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटी बैठक दुई दिनसम्म चल्ने जनाइएको छ ।
पार्टी एकिकरणको लामो समय बितिसक्दा पनि स्थायी कमिटीको बैठक बस्न सकेको थिएन । त्यस्तै, बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशनसमेत दिएको पनि स्रोतले जनाएको छ ।
बैठक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको थियो ।















प्रतिक्रिया