३० आश्विन २०८३, शुक्रबार

नेपाली बालिकालाई करणी गर्ने अमेरिकी नागरिक पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । नेपाली बालबालिकालाई यौन शोषण गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक प्रलोभन देखाई तथा खानेकुरा दिई ललाई फकाई गरी नेपाली बालबालिकालाई यौन शोषण गर्ने गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा ५६७४७२५३५ राहदानी नम्बर वाहक अमेरिकाको इलिनियसका ४० वर्षीय जसोन लोयड मुडी रहेका छन् ।

काठमाडौँको एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउसबाट प्रहरीले उनलाई आइतबार नियन्त्रण गरेको हो । तीन बालिकासहित उनलाई आपत्तिजनक अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट तीनवटा अमेरिकाको राहदानी, एउटा ल्यापटप, ४ वटा मोबाइल र केही एटीम कार्ड तथा मास्टर कार्डहरु बरामद गरेको छ ।

उनलाई जबरजस्ती करणी सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।