३० आश्विन २०८३, शुक्रबार

लुम्बिनीमा शान्ती र समझदारीमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

-प्रतिक पौडेल
भैरहवा, २३ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ती र समझदारीमा आधारित अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ । मंसिर २३ गते देखी २५ गते सम्म ३ दिने सम्मेलनमा एशिया लगायत विश्वकमा विभिन्न भागबाट गरि करिब ८ राष्ट्रले सहभागीता जनाउने भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएका छन् ।

शान्ती र सदभावका लागी लुम्बिनी अनुसन्धान केन्द्र, काठमाण्डौँका अध्यक्ष डा. निरन्जन मान सिंह बस्न्यातले कार्यक्रमबारे जानकारी गराउदै लुम्बिनी विकास कोष, लुम्बिनी विश्वविद्यालय र नेपाल विश्व संवन्ध परिषद र समझदारी र शान्ती लुम्बिनी अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना हुने जनाए ।

सम्मेलनमा द्वन्द्वबाट पार पाउन गरिएका शान्ती प्रयासहरु, शान्तीको स्थायीत्वका लागि भएका अन्र्तराष्ट्रिय पहलकदमी, सुमधुर सह–अस्तित्व लागि नेपालमा स्थानिय, क्षेत्रिय र राष्ट्रियस्तरमा भएका कार्यहरुबारे सम्बन्धित विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको बस्न्यातले जानकारी दिए ।

यस्तै सम्मेलनमा समझदारी, शान्ती र स्थायित्व, नेपाल भ्रमण बर्ष २०२० र लुम्बिनीको उपहारबारे पनि छलफल गरिने उनले बताए । सम्मेलनको पूर्व सन्ध्यामा सोमबार शान्ती र सहयोग विषयक कला प्रर्दशनी गरिने र त्यसको उद्घाटन प्रसिद्ध नेपाली अभिनेत्री मनिषा कोईरालाले गर्ने आयोजकले बताए ।

कार्यक्रमको अवधिमा लुम्बिनीको भित्रि परिक्रमा मार्ग गोटिहवा, निग्लिहवा, तिलौराकोट लगायतका क्षेत्रमा सम्मेलनमा सहभागीहरुलाई भ्रमण समेत गराईने आयोजकको भनाई छ ।