१४ कार्तिक २०८३, शनिबार

आफ्ना छोराछाेरीका लागि विद्यालयमा अभिभावक आफैँले बनाए आचारसंहिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २३ मंसिर । रुकुम पश्चिमको आठबिसकोट १४ मा रहेको जनबिकास माविका अभिभावकहरुले आँफै आचारसहिंता बनाएर लागु गरेका छन् ।

आफ्ना छोराछोरीको पढाईमा आमा बुवाको पनि ठुलो भूमिका हुने भन्दै अभिभावक आँफैले आचारसहिंता बनाएर लागु गरेका हुन् ।

आफ्ना छोराछोरीको पढाईका निम्ति राम्रो वातावरण बनाईदिने, आवश्यक शैक्षिक सामाग्री किनिदिने, नियमीत स्कुल पठाउने, घरमा पढे नपठेको हेर्ने, समय समयमा स्कुलमा छोराछोरीको पढाई बारे सोधपुछ गर्ने लगायतका दर्जन बढी आचारसंहितामा समेटेका छन ।

अभिभावक नै जागरुक भएर आचारसंहिता बनाउनु अत्यन्तै सराहनिय कार्य भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माले बताउनु भयो ।

अभिभावकको यस्तो कार्यले बिद्यार्थीहरुको पढाईमा सुधार आउने प्रधानाध्यापक दिपक सङगम थापाले बताउनु भयो ।