
काठमाडाैं, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज सचिवालय पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा बैठक बस्दै छ । बैठकमा उपनिर्वाचको मतपरिणामको समिक्षा गरिने मुख्य एजेण्डा भएको बताइएको छ ।
मंसिर १८ गते बसेको सचिवालयले बैठकले उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा पठाउन पार्टीका सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियो।
कार्यकारी अधिकारप्राप्त भएपछि पार्टी पंक्तिलाई परिचालन गर्ने पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् ।
अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।
बैठकमा पार्टी एकिकरणका बााकी काम साथै जनपरिचालनसहितको पााचमहिने कार्ययोजनासमेत तयार परिएको बुझिएको छ । अध्यक्ष प्रचण्डले आजको बैठक बोलाउनु अगाडि शिर्ष नेताहरुसंग पनि परामर्श गरेका थिए ।















प्रतिक्रिया