
काठमाडौँ, २२ मंसिर । पौडी खेलाडी गौरिका सिंहले ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो स्वर्ण जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा आइतबार महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक हात पारेकी हुन् ।
ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । गौरिकाको यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ ।
यसअघि गौरिकाले २ स्वर्ण तथा १–१ रजत र कास्य जितिसकेकी छन् ।















प्रतिक्रिया