३० आश्विन २०८३, शुक्रबार

मधेशी पत्रकार समाज रुपन्देहीको अध्यक्षमा राधेश्याम विश्वकर्मा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २२ मंसिर । मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीको अध्यक्षमा राधेश्याम विश्वकर्मा चयन भएका छन् । आइतबार रुपन्देहीको कोटहीमाई गाउपालिका–५ स्थित मझंगावामा सम्पन्न बैठकले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो । विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नया जिल्ला कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा शरणमति तिवारी, सचिवमा हृदयराम गुप्ता, कोषाध्यक्षमा रबिन्द्र प्रताप गुप्ता र सह–सचिवमा जैस मोहम्मद खान रहेका छन् । सदस्यहरुमा विवेक विश्वकर्मा, दिपक जयसवाल, अञ्जना चौहान, राजकुमार यादव, सीताराम चौधरी र शिव कुमार चौधरी (सचिन) रहेका छन् ।

सल्लाहकारमा राम विकास चौधरी, पशुपति यादव, विरेन्द्र मिश्रा, विन्दु कुमार चौहान, अनिल कुमार तिवारी र प्रलाहद यादव चयन भएका छन् ।

मधेशी पत्रकार समाज नेपाल प्रदेश ५ का संयोजक रामविकास चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले आगामी पुस ९ गते नवगठित जिल्ला समितिको पदस्थापन तथा सरोकारवालासँग परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।