१४ कार्तिक २०८३, शनिबार

अवैध सामग्री ओसारपसार गर्ने नाका बन्दै बेलहिया नाका

14k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, मंसिर २२ । रुपन्देहीको बेलहिया नाका नेपालकै दोस्रो ठुलो भन्सार नाका रहेको हाे । भन्सार नाकामा रहेको कार्यालयको काम भारत बाट आयात हुने र निर्यात हुने सामानहरुको राजश्व संकलन गर्नु हो । भंसारले राजश्व छल्ने काम कसैबाट नहोस् भनेर नेपाल भित्रने र नेपालबाट बाहिरिने गाडीमाथि निगरानी गर्नु पनि हो ।

पछिल्लाे समय याे नाका भन्सार छलेर भारतबाट ल्याइएका सामानहरु नेपाल छिराउने नाकाकाे रुपमा गिराेहहरुकाे नाका बनेकाे छ । भन्सार कार्यालय भन्दा करिब डेढ किमीकाे दुरीमा शसस्त्र प्रहरीकाे चेकपाेष्ट रहेकाे छ भने भन्सार कार्यालयदेखि ७ सय ५० मिटरको दुरीमा जनपद प्रहरीको चेकपोष्ट रहेकाे छ ।

यी दुबै सुरक्षा निकायकाे प्रमुख जिम्म्वारी भनेकाे भारत बाट आउने गाडी चेकजाँच गर्नु र वैद वा अवैद सामग्रीकाे निर्क्याेल गरि सीमा वारपार पठाउनु हाे । तर, यहि भन्सार नाकामा शसस्त्र प्रहरी बल र जनपद प्रहरी भने भंसार छलेर भारत बाट आउने धेरै मुल्य बराबरको समान बरामद गर्ने कार्यमा पटक पटक चुकेको देखिन्छ ।

यसको प्रमुख उदाहरण हो शनिवार परासीको भुमही चोकमा भैरहवा भन्सार कार्यालय र शसस्त्र प्रहरी बल ३८ नम्बर गुल्म रुपन्देहीले चेकजाँच गरि छोडेको दिल्ली चितवन चल्ने ना ८ ख १२०३ नम्बरको बसबाट १ करोड बढीको कपडा बरामद हुनु ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको टोलीले सुनवल १२ भूमही चोकबाट भन्सार छलेर ल्याएको अवस्थामा बसबाट उक्त सामान बरामद गरेको हो ।

नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले भैरहवाबाट पछ्याउँदै आएको थियो । भैरहवाबाट परासीहुँदै चितवन जानुपर्ने बस बुटवल पुगेको थियो ।

बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० बढी मोबाईल छन् । एउटा मोबाईलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्मका छन् । त्यसैगरी १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि पनि रहेको र बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ । बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा.(राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीका अनुसार नयाँ तरिका प्रयोग गरि समान भित्रिएकोले समान बरामद गर्न आफुहरु असफल भएको बताए ।

शाहिले यसभन्दा अघि चोरी पैठारीका लागि प्रयोग हुने बसको सिट मुनि अथवा बसको तल्लो भागमा फल्स बटम बनाएर भंसार छलेर समान ल्याउने गरेको हुँदा यसपटक नया किसिमले बसको छत माथि फल्स बटम बनाएर ल्याएको हुनाले बरामद हुन नसकेको जानकारी दिए ।

बेलहिया भंसार कार्यालयका अनुसार पहिला भन्दा नयाँ प्रविधि प्रयोग भएको कारणले आफुहरुले चेकजाँच गरेपनि समान बरामद नभएको हो ।

दिल्ली नेपाल बस यात्रु ओसार्ने काममा भन्दा पनि बढी भन्सार छलिमा प्रयोग हुने गरेको छ । यात्रुहरुलाई सहजताको लागी भन्दै सञ्चालन गरिएको दिल्ली–नेपाल बसले यात्रु भन्दा बढी तस्करीको सामान बोक्ने गरेको छ ।

दिल्लीबाट नेपाल आउने बसमा पटक पटक अवैध सामाग्री बरामद हुँदै आएको छ ।