
जनकपुर, २१ मंसिर । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ ।
सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता धामीले स्वर्ण जितेर इतिहास रच्नुभएको छ । पचपन्न किलो तौल समूहमा बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराउँदै उहाँले स्वर्ण हात पार्नुभएको हो । सागको कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको छ ।
जीतपछि खुशीको आँशु
जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको कुस्ती खेलमा नेपालको इतिहास पहिलोपटक सङ्गीता धाँमीले स्वर्ण दिलाउँदा जीतपछि खुशीले आँशु थाम्न सक्नुभएन । उहाँले स्वर्ण जितेसँगै निकै भावुक हुनुभयो र उहाँको आँखाबाट खुशीको आँशु झर्न थाल्यो ।
सङ्गीताका खुशीका आँशु झारेर नै रुन थालेपछि प्रशिक्षक र सहयोगीले सम्हालेका थिए । सङ्गीताको खुशीको आँशुले कवर्डहलमा उपस्थित दर्शक समेतलाई केही भावुक बनाइदियो । आज भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा सङ्गीताले बङ्गलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
सङ्गीताले बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ अङ्कले पराजित गर्नुभएको हो । स्वर्ण विजेता सङ्गीता पश्चिम महेन्द्रनगर निवासी हुनुहुन्छ । खेल मङ्सिर १५ गते उद्घाटन भएको जनकपुरमा भइरहेको सागको कुस्तीको समापन मङ्सिर २४ गते हुँदैछ । –रासस















प्रतिक्रिया