३० आश्विन २०८३, शुक्रबार

अटो पल्टिँदा पाँचको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, २१ मंसिर । राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।

अटो पल्टिँदा अटोमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन ।

एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीनको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । –रासस