३ कार्तिक २०८३, मंगलबार

साग महिला क्रिकेटमा नेपाललाई कास्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत नेपाली महिला क्रिकेट टिमले कास्य जितेकाे छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो।

पोखरा रंगशाला भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाउँदा सबै विकेट गुमायो । ९ रनको लक्ष्य नेपालले जम्मा ५ बलमा कुनै विकेट नगुमाई ९ रन बनाई पूरा गर्‍यो ।

यसअघि पनि माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अञ्जली चन्दले हाज पनि ४ विकेट लिइन । ४ ओभर बलिङ गर्दा उनले १ रन मात्रै दिएकी अञ्जली प्लेअर अफ दी म्याच बनिन ।

मालदिभ्सका लागि ओपनर अइमा अइसादले १ रन बनाउनुबाहेक अन्यले रन जोड्न सकेनन् । ७ रन नेपालका बलरले वाइडकारुपमा अतिरिक्त दिएका थिए।

सीता राना मगर र रुविना क्षेत्रीले २–२ विकेट लिए ।