
काठमाडौं, २१ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेश यू–२३ साग ४४ रनले पराजित भएको छ।
बंगलादेबसाग पराजित भएसागै फाइनल पुग्न नेपालको सम्भावना टुंगिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश यू–२३ टोलीले नेपाललाई जितका लागि १५६ रनको लक्ष्य दिएको थियो ।
१५६ रनको लक्ष्य पछ्याएको नेपाली टोली २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाउन सक्यो ।
मध्यम लक्ष्य पछ्याएका नेपालका ब्याट्सम्यानलाई बंगालदेशी बलरले सुरुवातदेखि नै बदाबमा राखेका थिए । चौथो ओभरको तेस्रो बलमा पारस खड्का आउट भएपछि नेपालको लगातार विकेट गुम्यो , पारसले १६ बलमा २ चौकासहित ९ रन बनाएर आउट भए।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४३ रन बनाए ४३ नै बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसपछि उपकप्तान दीपेन्ऽसिंह ऐरीले १३ बलमा १६ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले खासै योगदान गर्न सकेनन् ।
अभिनाश बोहरा र ललित राजवंशीले अन्तिममा १८ रनको साझेदारी गरे । अभिनाश १३ र ललित ५ रनमा नट आउट रहे।
बंगलादेशका लागि सोमन खान, तानवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २–२ विकेट लिए ।















प्रतिक्रिया