३ कार्तिक २०८३, मंगलबार

कुस्तीमा नेपाललाई तीन पदक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबारदेखि जनकपुरधाममा सुरू भएको कुस्तीमा ५० केजी तौल समूहमा भएको महिला कुस्तीमा नेपालकी मनिषा सिंहले कांस्य पदक जितेकी छन् ।

महिलातर्फ नै ५३ केजी तौल समूहमा नेपालकी सिवांगी दुवेले रजत जित्दा पुरुष तर्फ ५७ केजी तौल समूहमा नेपालका नरेशप्रसाद यादवले कास्य पदक जिते । ६५ केजी तौल समूहमा नेपालका सरोज यादवले कास्य पदक प्राप्त गरे ।

कुस्तीमा महिलातर्फ ५० र ५३ केजी तथा पुरुषतर्फ ५७ र ६५ केजी तौल समूहमा भारतले एक्लौटी स्वर्ण पदक जितेको जितेको हो । ५० किलो तौल समुहको महिला कुस्तीमा भारतकी तोमर शितलले स्वर्ण र श्रीलंकाकि निरोशनीले रजत जितेकी छन् ।

महिलातर्फ नै ५३ किलो तौल समूहमा भएको खेलमा भारतकी पिंकीले स्वर्ण र श्रीलंकाकी समिकाले कास्य पदक हात पारिन् ।

पुरुषतर्फ ५७ किलो उमेर समुहमा भएको खेलमा भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथुरांगनाले रजत जिते । ६५ किलो उमेर समूहमा भएको खेलमा पनि भारतकै अमित कुमारले स्वर्ण जिते । श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक प्राप्त गरे ।