अमेरिका । नेपालको भूमि अतिक्रमणबिरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको छ ।
भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरू कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र गलत तरिकाले नक्शाभित्र पारिएको भन्दै भारतीय राजदूतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको हो ।
उक्त अवसरमा गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष रबिना थापा, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडे, उपाध्यक्ष कृष्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुग, मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एबं समाजसेवी प्रेम कुमार श्रेष्ठको उपस्थित रहेको थियो ।
नेपालको सार्वभौम भूमि आफ्नै सिमानाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पूर्ण नेपालीहरूलाई अनुरोध गरिएको छ । दुई देशबीचको सीमा समस्या दुईपक्षीय कुटनीतिक संवादमार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ ।
एनआरएनए आईसीसीले शुरु गरेको यस अभियानलाई बिश्वभर रहेका एनआरएनए एनसीसीहरूले अभियानका रुपमा अगाडि बढाउने क्रममा भारतीय दूतावासमा एनआरएन एनसीसी अमेरिकाले बिरोध पत्र पेश गरेको छ ।















प्रतिक्रिया