
-प्रतिक पौडेल
भैरहवा, २० मंसिर । रुपन्देहीको ओमसतिया गाउँपालिकामा एक युवकले शुक्रबार आमाबुबाको खुर्पाले प्रहार गरि हत्या गरेका छन् । ओमसतिया गाउँपालिका ४ बालापुरमा ३० वर्षीय गोरख अहिर यादवले आफ्नै आफनै आमाबुबाको खुर्पाले प्रहार गरि हत्या गरेका हुन् ।
अभियुक्त यादवले ७५ वर्षीय बाबु रामनारायण अहिर यादव र ७२ वर्षीया आमा ठगना अहिर यादवको हत्या गरेको भेटिएको प्रहरी नायब उपरीक्षक खडक बहादुर खत्रीले बताए ।
प्रहरीका अनुसार अभियुक्त यादवले घर बाहिर बसिरहेका बाबुलाई घर भित्र तानेर लएर खुर्पा प्रहार गर्दा घाटीको बाया तर्फ चोट लागेपछि मृत्यु भएको हो भने आमालाई घर बाहिर लखेटेर प्रहार गर्दा घाइते भएपछी भैरहवा स्थित मेडिकल कलेजमा उपचारको लागि पुर्याउदा मृत्यु भएको हो ।
आमाबाबुलाई भाईले खुर्पा प्रहार गरेको देखेपछि बचाउने प्रयास गर्ने क्रममा अभियुक्तका दाजु ५२ वर्षीय जोगिन्दर यादव घाइते भएका छन् । प्रहरीका अनुसार जोगिन्दर अहिले खतरा मुक्त छन् ।
प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ । अभियुक्त यादवको मानसिक अवस्था ठीक नभएकाले आमाबाबुको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानियका अनुसार अभियुक्त यादवले मानसिक रोगको औषधी लिने गरेको बताए ।















प्रतिक्रिया