
धनुषा, २० मंसिर । आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका ४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका २४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले ज.२ प ७३२४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया