२९ आश्विन २०८३, बिहिबार

सरकारलाई गोल्ड मेडल कति ?

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको ईतिहासकै शक्तिशाली सरकार एकपछि अर्को सफलता प्राप्त गर्दै अगाडि बढिरहेको छ । आफ्नो स्वास्थ्य समस्याका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीको भिजन र सक्रियताले देशले आज ठूल्ठूला सफलता हासिल गर्दैछ ।

देशको स्थायित्वका लागि जनताको लामो संघर्षबाट बनेको संविधानको सफलतापूर्वक कार्यान्वयन हुनुपर्ने थियो । सरकारको प्रथम वर्ष मूलतः यही काममा बित्यो । ईतिहासमै पहिलो पटक सुरु गरिएको प्रदेश सरकारको अभ्यास कार्यान्वयन गर्न थुप्रै झन्झटिला प्रक्रिया पार गर्नु पर्ने थियो । थुप्रै भौतिक र कानूनी संरचना निर्माण गर्नुपर्ने थियो । नेपाल सरकारले सफलतापूर्वक यो कामा सम्पन्न गर्यो ।

देशको अर्थतन्त्रलाई मजबुत बनाउन थुप्रै नीतिगत र संरचनागत सुधार गर्नुपर्ने थियो । चुहावटको नियन्त्रण गर्नु थियो । संघीय, प्रादेशिक र स्थानीय सरकारलाई आर्थिक रुपले सम्पन्न बनाई प्रभावकारी सञ्चालन गर्नुपर्ने थियो । सरकारको भगिरथ प्रयत्नका कारण आज सबै तहका सरकार केही अपवादलाई छोडेर प्रभावकारी ढंगले सञ्चालन भईरहेका छन् ।

सरकारको भगिरथ एवं ईमान्दार प्रयासका कारण हिजो सपनाजस्तो लाग्ने अन्तरराष्ट्यि विमानस्थल बनिरहेका छन् । अन्तरराष्टिय स्तरकै चिल्ला र फराकिला सडक निर्माण कार्यले तीव्रता पाएको छ ।

सधैं विग्रेको, भत्केको, जनताको विचल्ली भएको, भ्रष्टाचार भएको, आर्थिक अभाव भएको जस्ता रिपोर्टिङ्ग गर्ने पत्रकारहरु आज सफलता कथा र सकारात्मक समाचार संप्रेषित गर्न थालेका छन् । विदेश गएका लाखौं युवाहरुमा आफ्नै देशमा अब केही हुन्छ, गर्न सकिन्छ भन्ने आभास हुन थालेको छ ।

विगतमा सधै घाटामा गएको नेपाल विद्युत प्राधिकरण आज नाफामा गएको छ । प्राधिकरणले जनतालाई विकराल लोडसेडिङ्गबाट मुक्त गराएको मात्र छैन, विद्युत निर्यातको तारतम्य पनि मिलाउँदैछ । देशभित्र विद्युतको खपत बढाएर उर्जा आयातबाट हुने व्यापार घाटा न्यूनीकरण गर्दैछ । ग्याँस र पेट्रोलियम पदार्थको प्रयोगमा कटौति हुँदैछ ।

नेपाल भ्रमण वर्ष २०२० को भव्य तयारी गरेको सरकारले पर्यटन क्षेत्रमा देखिने परिवर्तन ल्याएको छ । देशका सुन्दर पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार विश्वभर गराईँदैछ । विदेशी पर्यटक र आन्तरिक पर्यटकको संख्या बढाउने, उनीहरुको नेपाल बसाई अवधि बढाउने र नेपाली उत्पादनको विक्री प्रवर्धन गर्ने दीर्घकालीन र अल्पकालीन कार्य योजना बनेका छन् ।

विभिन्न किसिमका आतंककारी गतिविधि नियन्त्रण गरिएको छ । देश विअण्डनको वकालत गर्ने समूहलाई देशको मूल प्रवाहमा ल्याउने काम भएको छ । देशमा सुशासनको वास्तविक अनुभूति भएको छ । भ्रण्टाचारमाथि निर्मम प्रहार गृिरदैछ । “ठूलालाई चैन, सानालाई ऐन” भन्ने उखान अब कसैले उच्चारण गर्नु नपर्न भएको छ । कानूनको दृष्टिमा के सम्माननीय, के माननीय के सर्वसाधारण जनता सबै बराबर भएका छन् ।

पानी जहाज सञ्चालन हुन अब धेर समय कुर्नु पर्ने छैन । त्यसका लागि चाहिने दुईदेशीय सहमति भईसकेको छ भने आवश्यक भौतिक पूर्वाधार निर्माणले गति लिएको छ । “के छैन, के छैन, पानी जहाज ?!” भनेर गरिदै आएको खिसी टिउरी पनि अब धेरै दिन टिक्नेवाला छैन । चीनबाट आउने भनिएको रेलमार्गको सम्भाव्यता अध्ययन भईरहेको छ ।

भर्खरै सम्पन्न उप–चुनावमा मतदाताले सत्तारुढ नेकपालाई अधिकांश स्थानमा जिताएका छन् । समग्रमा सरकारले गरिरहेको कामको अनुमोदन गरेका छन् । भक्तपुर, धरानलगायतका केही स्थान पनि समयमा पार्टी एकताले भुईंमा टेक्न पाएको भए । तत् तत् तहका पार्टी नेता कार्यकर्ताको मन विभाजन रोक्न सकेको भए । स्थानीय तहका जनप्रतिनिधिलाई जनताको पक्षमा अझ बढी स्थानीय पार्टीले खटाउन सकेको भए । स्थानीय तहले निर्धारण गरेको कर प्रणालीलाई अझ बढी वैज्ञानिक र व्यवस्थित बनाउन सकेको भए गुम्ने थिएनन् ।

सरकारले दक्षिण एसियाली खेलकुद भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्दैछ । यसबाट खेल क्षेत्रमा नेपालको अन्तर्राष्टिय छवि उजिलिएको छ । सरकारको खेल प्रतिको उच्च समर्पण, सक्रियता र व्यवस्थापनको कारण नेपाल पदक तानिकामा शीर्ष स्थान कब्जा गर्न सफल भएको छ । यही मौकामा काठमाण्डौ जगायत देशका विभिन्न सहरमा राष्टिय अन्तर्राष्टिय खेलको लागि चाहिने रंगशाला र अन्य भौतिक पुर्वाधार निर्माण भएका छन् ।

अहिले सर्वत्र गोल्ड मेडलको चर्चा छ । जनता जनार्दनलाई एउटा प्रश्न–निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेर पदक गुमाउँदै यात्रा तय गरेको वर्तमान सरकारलाई उल्लिखित तमाम उत्कृष्ट काम गरे वापत कति वटा स्वर्ण पदक दिनु पर्ने हो ? विगतमा असंभवजस्तै लाग्ने एमाले–माओवादी एकता गराउन सक्ने, “शत्रु”लाई सारथी बनाउन सक्ने दुरदृष्टि भएका सादगी प्रधानमन्त्री ओलीले पनि कुनै स्वर्ण पदक पाउनु हुने हो कि ?