काठमाडाैं, २० मंसिर । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ ।
यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरू तथा सामान खरिदमा छुट प्रदान गर्नेछ ।
बैंकले आफ्ना नयँ तथा पुराना ग्राहकहरूलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गतेसम्म तीन दिनको लागि लागू हुनेछ ।
यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरू जस्तै डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. रहेको छ ।















प्रतिक्रिया