३० आश्विन २०८३, शुक्रबार

तेक्वान्दोमा भूपेनको स्वर्णसहित १२ स्वर्ण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । उहाँले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जित्नुभएको हो ।

ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गर्नुभएको हो । उक्त स्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गर्नुभयो ।

तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ । –रासस