३० आश्विन २०८३, शुक्रबार

प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्रीबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री Mr. Randall G. Schriver ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंसिर १९ गते भएको भेटवार्तामा उनीहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाट कार्यक्रमले नेपाली सेनाको विश्व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।