२९ आश्विन २०८३, बिहिबार

घुम्न आउने होईन त चितवन !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सुर्य बराल
चितवन । देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन जिल्ला साँच्चै प्रकृतीको एउटा अनुपम उपहार हो । समुन्द्रि सतहबाट ५०० मिटर देखि २५०० मिटरसम्मको उचाईमा रहेको चितवनको हावापानी राम्रो छ ।

यहाँ गर्मीमा तराईको जस्तो अति गर्मी पनि हुदैंन, हिमाली तथा पहाडको जस्तो अति जाडो पनि हुदैन् । यो ठाँउ बसोबासको हिसाबले उपयुक्त र यहाँको हावापानी ठिक्क खालको छ । त्यसैले देशका ७७ वटै जिल्लाका मानिसहरु बसाई सराई गरी यस जिल्लामा आउनेक्रम तिब्रगतिमा बढीरहेको छ । ७ वटा स्थानिय तह रहेको जिल्लाको ईच्छाकामना गाँउपालिकामा त् बाह्रैमासे चिसो मौंसम छ ।

चितवनको पूर्वमा मकवानपुर जिल्लाको मनोहरी, राक्सिराङ्ग गाँउपालिका, चितवन राष्ट्रिय निकुञ्जको बन क्षेत्र र पर्सा वन्यजन्तु आरक्ष क्षेत्र पर्दछ । दक्षिणमा पर्सा जिल्लाको ठोरी गाँउपालिका र भारत बिहारको पश्चिम चम्पारण तथा युपि क्षेत्र पर्दछ । त्यस्तै पश्चिममा नवलपुर जिल्ला र तनहँु जिल्लाको विभिन्न गाँउपालिका क्षेत्र पर्ने चितवनको उत्तरमा भने गोर्खा र धादिङ्ग जिल्लासँग सिमा जोडिएको छ ।

उत्तर धादीङ्गतिरबाट बग्दै आएको त्रिसुली नदीमा र्मस्याङ्गदी र कालीगण्डकी मिसीएपछी सप्तगण्डगीको उपमा पाएको नदी नारायणगढमा आईपुग्दा देशकै सबैभन्दा गहिरो नारायणी नदी सलल बग्दै जिल्लाको पश्चिमी भागको बाटो दक्षिण भारतको युपी र बिहारसम्म पुग्दछ । चितवनमा विश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्ज, जहाँ दुर्लभ पाटेबाघ, एकसिंगे गैडा, अर्ना, मगर तथा घडियाल गोही, अजिगंर लगाएतका हजारौं जिवजन्तु र पक्षींहरु रहने गर्दछन् ।

हिन्दुधर्मालम्बीहरुको पवित्र तिर्थस्थल देबघाट संगम, एतिहासिक एवं पवित्र धार्मीकस्थल बालमिकी आश्राम, नेपालको तेश्रो पर्यटकीय गन्तव्यकाे रुपमा परिचित सौंराहा, ऐतिहासिक किल्ला उपरदाङ्गगढी, कंकालीमाई, गोधक, बिक्रमबाबा, कालीकामाई लगायतका ऐतिहासिक धार्मीकस्थलहरुको कारण यो जिल्लाको महत्व र शोभा दिनप्रतिदिन बढदै गईरहेको छ ।

यहाँ घुम्न लायक ठाँउहरु अरुपनि छन् । सिराईचुली, सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तब्य पटिहानी, जगतपुर, मेघौली, माडीको सोमेश्वर, भरतपुरको ज्ञानेश्वर ब्लक, नगरबन क्षेत्र र गणेशधाम एवं आपँटारीमा रहेको जलदेबी बनक्षेत्र र जिपलाईन चितवनका घुम्न लायक अन्य स्थलहरु हुन् ।

त्यस्तै पूर्वी चितवनको पिप्लेमा रहेको परेवाडाँडा क्षेत्र, खैरहनीको थारु संग्रालय, माडीको मगर होमस्टे र त्यस आसपासको रमणीय क्षेत्र घुम्न लायक क्षेत्रको रुपमा विकास भईसकेको छ । त्यति मात्र होईन पर्यटकको रोजाई बन्दै गरेको शक्तिखोर क्षेत्र, ईच्छाकामनाको सिमलढाप, खेतबारी क्षेत्र, लामो झरना र त्यस आसपासको रमणीय क्षेत्र, ईच्छाकामना मन्दिर र त्यस आसपासको पहाडी क्षेत्रलगायतका दर्जनौंस्थानहरु पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेका छन् ।

त्यसको अलवा एसीयाको दोश्रो ठुलो क्यान्सर अस्पताल, मेडिकल सिटीको रुपमा बिकास भईरहेको भरतपुर, नारायणी नदी किनारको मनोरम स्थल, छेउमै रहेको नारायणगढ बजार र त्यस क्षेत्रको सन्किट रहेको गैंडाकोटको मौलाकालिका मन्दिर पनि घुम्नै पर्ने क्षेत्रमा गनिन्छ ।

राष्ट्रिय निकुञ्ज र मध्ववती क्षेत्रको भण्डारादेखि कुमरोज, सौंराहा र पटिहानी, जगतपुर हुँदै मेघौंलीसम्म रहेका ठुला, सुबिधासम्पन्न तथा स्तरीय, मझौंला र सस्तो एवं साना होटलमा सुरक्षित र आरमदायी बासस्थानको साथ जंगलमा हात्ती तथा जिप सफारी, गर्दै गैंडा, हरिण लगाएतका जंगली जनवारलाई देख्न पाईनुका साथै नारायणी र राप्ती नदीमा डुङ्गा तथा मिनी जहाजमा सलल बग्दै स्वर्गीय आनन्द लिन पाईन्छ । राजधानी काठमाण्डौं लगाएतका जिल्लाको कोलाहल, प्रदुषण र दैनिकी ब्यस्तताबाट केही दिनको लागी छुट्टी मनाउन र प्रकुतीको रमणीयतालाई चुम्दै रमाउन चितवन आउनुहोस् ।

अहिले जाडोको समयमा राजधानी काठमाण्डौ र कतिपय हिमाली तथा पहाडी जिल्लामा धाराको पानीमा समेत बरफ जम्ने स्थिती आईसकेको छ । तर चितवनमा बिहानको कलको पानी तताएको पानी भन्दा कम छैन् । यहाँको नारायणी र राप्तीको किनार अर्थात बालुवाको बगरमा बसी घाम ताप्नुको त छुट्टै आनन्द आउछ । यस्तो अवसर जुन पाए त्यहि ठाँउमा कहाँ पाईन्छ र ? साच्चै चितवन बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड हो ।

चितवनको निकुञ्ज क्षेत्रको जस्तो सफारी गर्दै एकसिङ्गैं गैंडा अन्त कहाँ देख्न पाईन्छ र ? यहाँ प्रकृतीको रमाईलो मात्र होईन बिभिन्न जातजातीको सस्ँकृती, भेषभुषा र चाडपर्वहरुमा समेत उल्लासपूर्ण वातावरण देख्न पाईन्छ । यहाँ अतिथी सत्कारका लागी खुलेका होटल तथा होमस्टेहरुमा विदेशी परिकारदेखि गाँउले स्वादमा मनपर्ने खानपीनको व्यवस्था हुन्छ ।

थारु डान्स हेर्नेदेखि आदीवासी तथा जनजातीहरुको गाँउ अवलोकनसम्म गर्न पाईने चितवन साच्चै प्रकृतीको अनुपम उपहार हो । जिवनमा एकपटक अवश्य घुम्नुपर्ने चितवन घुम्न कतै तपाई छुट्नुभएको त् छैन । रमणीय चितवनमा रहेका प्राकृतीक, धार्मीक, ऐतिहासीक र ब्यापारिक स्थलहरुको अध्यय्न र अनुभव सगाँल्न आउने होईन त चितवन ? ए साथी ! घुम्न आउने होईन त चितवन !