
काठमाडौँ, १८ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारतले नेपाललाई उछिनेको छ ।
लगातार तीन दिन नेपाल पदक तालिकाको शीर्ष स्थानमा थियो । तर वुधबार साँझबाट भारत ३४ स्वर्णसहित ७१ पदक जित्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले २९ वर्णसहित ६९ पदक जितेको छ । पहिलो दिन १५ र दोस्रो दिन ८ स्वर्ण जितेको नेपालले बुधबार भने मात्र ६ वटा स्वर्ण थप्न सफल भयो ।
तेस्रो स्थानमा रहेको पाकिस्तानको ९ स्वर्णसहित ४५ पदक छ ।
साग पदक तालिका
देश स्वर्ण कास्य रजत जम्मा
भारत ३४ २४ १३ ७१
नेपाल २९ १५ २५ ६९
पाकिस्तान ९ १८ १८ ४५
श्रीलङ्का ८ २३ ३८ ६९
बङ्गलादेश ४ ७ २६ ३७
माल्दिभ्स १ ० २ ३
भूटान ० ० ४ ४















प्रतिक्रिया