३० आश्विन २०८३, शुक्रबार

अङ्ग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ मंसिर । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख)सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ ।

‘सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा गरिँदै आइएको महोत्सवलाई यस वर्ष पनि भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिनुभयो ।

पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव बहुउपयोगी बन्दै गएको बताउँदै उहाँले अधिकतम सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्यााउन महोत्सव प्रभावकारी माध्यम बनेको बताउनुभयो ।

रेबानका सल्लाहकार गणेशबहादुर भट्टराईले अङ्ग्रेजी नयाँ वर्षमा गरिने पोखरा सडक महोत्सव यहाँको पहिचानजस्तै बनेको बताउँदै यसलाई सरकारी तवरबाटै राष्ट्रिय महोत्सवका रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा यस महोत्सवले उक्त लक्ष्य पूरा गर्न सहयोग पु¥याउने बताउनुभयो ।

महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।–रासस