३ कार्तिक २०८३, मंगलबार

अनुपमाले थपिन स्वर्ण, नेपालको दबदबा कायमै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । कराँते खेलाडी अनुपमा मगरले बुधबार नेपालका लागि स्वर्ण पदक थपेकी छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानी खेलाडीलाई हराउँदै मगरले स्वर्ण पदक जितेकी हुन् ।

६८ किलो माथिको तौल समूहमा उनले ६–३ को सेटमा पाकिस्तानी खेलाडीलाई पराजित गरिन् । योसहित नेपालको स्वर्ण २४ पुगेको छ । सागमा नेपालले पहिलो नम्बरमा आफूलाई कायम राखेको छ । नेपालको दबदबा कायम छ ।