१५ कार्तिक २०८३, आइतबार

गढीमाई मेलामा पाँच हजार बढी राँगाको बलि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १८ मंसिर । बाराकाे गढीमाई मेलामा मंगलबार पाँच हजार बढी राँगाको बलि चढाइएको छ ।

मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउने कार्य सुरु भएको थियो । राति अबेरसम्म पनि बलि चढाउने काम जारी रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

पुजारी परिवारबाट तान्त्रिक विधिअनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलिका लागि बोका, राँगा, परेवा, जंगली मुसो, खरायो गरी पञ्चबली दिएपछि राँगा बली दिने चलन रहेको छ ।

मंगलबार राँगाको बलि दिने तथा बुधबार बोका, हाँस, कुखुरा, परेवालगायतको बलि दिने कार्य हुने गढीमाईका पुजारी मंगल चौधरीले बताए ।

नेपालमात्रै नभई भारतबाट पनि बलि चढाउन आउनेहरूको संख्या उल्लेख्य छ ।

प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकल दिन यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरालगायतको असंख्यमा बलि दिन आउने गरेका छन् ।