
काठमाडौँ, १७ मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा महिला भविबल तर्फ नेपालकाे स्वर्ण सपना चुकेकाे छ । मंगलबार भएकाे खेलमा भारतले ३-२ काे सेटमा नेपाललाई हराएकाे छ ।
दोस्रो र तेस्रो सेट राम्रो प्रदर्शन गरेको नेपाली टोलीले अन्तिम तथा पाँचौँ सेटमा संयम गुमाएको थियो । अन्तिम सेटमा भारतले लगातार अंक ल्याएकाे थियाे ।
अन्तिम सेटमा भारतले १५ अंक ल्याएर विजेता हुँदा नेपालले ६ मात्रै हासिल गरेको थियो । यो ऐतिहासिक अवसरमा नेपाली टोलीले रजतमै चित्त बुझाउन बाध्य भयो ।















प्रतिक्रिया