३ कार्तिक २०८३, मंगलबार

क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको टी–२० क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।

कीर्तिपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाको अन्डर २३ टोलीले नेपालले दिएको चुनौती १९.१ ओभरमा भेट्टायो ।

नेपालले श्रीलंकालाई १७३ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले ४ विकेट गुमाउँदै १७५ रन बनाएको हो।

श्रीलंकाको जितमा सम्मु असनले ७२,  निशान मुदुस्काले ४६, पी निसन्काले ३० रन बनाए । नेपालका लागि पवन सरार्फले दुई विकेट लिए भने सोमपाल कामी र सुसन भरीले एक एक विकेट लिए ।