
डडेल्धुरा, १७ मसिंर । डडेल्धुरामा एचआईभीको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । डडेल्धुरा जिल्लामा एचआईभी संक्रमित १ शय ३६ जना रहेका र जसमध्ये ९६ जनाले मात्रै नियमित औषधी एआरटि सेवन गरि रहेका स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
१ शय ३६ जना मध्ये आठ जना वच्चा समेत एचआइभी संक्रमित रहेका छन् । संक्रमित मध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटी लिई रहेका स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । बाँकि संक्रमित गरिबीका कारणले परिवारिक जोहो गर्नका लागी पुनं कामका लागि लाहुर वा भारत जाने आउने क्रमले गर्दा नियमित औषधी सेवन नगरेको तथ्याकंले जनाएको छ ।
२०७३ सालमा १०७ जना एचआईभि संक्रमित रहेको डडेल्धुरामा ०७४ मा १ शय २१ पुगे भने हाल सम्म आउदा १शय३६ जना संक्रमित भएको तथ्याकं स्वास्थ्य कार्यालय डडेल्धुरा सगं रहेको छ । तर रगत चेक नगरेका र खुल्न नसकेको संख्या पत्ता लगाउन सके अझै संक्रमितको सख्या वढ्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले वताए ।
गरिबीका कारण रोजगारीको लागि भारत जाने र तेहिवाट संक्रमित भई घर फर्कि श्रीमतीलाई पनि संक्रमित वनाएका धेरै उदाहरण छन । घर मा पनि जान नजानी असुरक्षित तरिकाले श्रीमती सगं यौन सम्पर्क राख्दा महिला र पुरुष दुवैमा एचआईभी हुन जाने खतरा देखिन्छ ।
डडेल्धुराको पनि सबैभन्दा संवेदनशिल परशुराम नगरपालिकाको जोगबुडा क्षेत्र रहेको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकले जनाउँछ । खुला सिमाना र सिमानामा कुनै चेकजाँच नै नहुने हुदा लाहुर जाने मानिसमा वढि एचआईभि देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । भारत जान आउने संक्रमितले नियमित औषधी र चेकजाँच नगर्दा एचआईभि संक्रमित मद्ये एआरटि लिनेको तथ्याकं समेत राख्न समस्या भएको जनाए ।
नियमित औषधी , पोषण युक्त खानेकुरा , व्यायाम , जस्ता कुराले एचआईभि संक्रमितहरुको जिवन पनि अरु मानिस सरह नै हुने र उनले जिवन पयन्त वाच्न सक्ने स्वास्थ्य कर्मी बताउँछन् । तर जिल्लाका खुलेर आएका एचआइभी संक्रमितहरु पनि नियमित औषधी सेवन नगर्दा अकालमा ज्यान गुमाउनु परेको वा शारिरिक रुपमा कष्ठभोगि रहेका छन् ।















प्रतिक्रिया