
काठमाडौँ, १७ मंसिर । प्रहरीले अनलाईनबाट ८ लाख रुपैयाँ ठगी गर्ने दुईजनालाई पक्राउ गरेका छ । सामाजिक संजाल Whatsapp मा भारतीय मोवाईल नं. बाट अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी श्रृंगारका लगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी ठगी गरेको खुल्न आएको छ ।
घटनामा संलग्नलाई मंसिर १६ गते सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न.पा. १० स्थायी घर भएका हाल कौशलटार बस्ने २२ वर्षीय अमिर थापा र भक्तपुर कमविनायकका २४ वर्षीय अमन अवाल रहेका छन् ।
अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगी भएको हो । महानगरीय अपराध महाशाखा टेकुमा आवश्यक समन्वय गर्न र गराउन सम्बन्धित सबैलाई अपिल गरिएको छ ।
साथै सोही प्रकृतिका घटनाहरु पुन दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग र सचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गरिएको छ ।















प्रतिक्रिया