३ कार्तिक २०८३, मंगलबार

उसुमा नेपाललाई विजय र सुस्मिताले दिलाए २ स्वर्ण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

मंगलबार बिहान ललितपुरको लगनखेलमा भएको प्रतियोगितामा उसुको पुरुष थाउलोतर्फ विजय सिञ्चालीले स्वर्ण जितेका हुन भने महिला थाउलोतर्फ सुस्मिता तामाङले स्वर्ण जितेकी हुन् ।

विजयले बंगलादेशी र सुस्मिताले श्रीलंकन प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेका छन् ।

१३औं सागको उसुमा सुरुकै खेलमा नेपालले स्वर्ण जितेको हो ।