३० आश्विन २०८३, शुक्रबार

महालक्ष्मी विकास बैँक साफा अवार्डद्धारा सम्मानित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (SAFA) द्वारा महालक्ष्मी विकास बैँकलाई सम्मान गरेको छ ।

दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बैँक लिमिटेड पुरस्कृत भएको हो ।

बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।

नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा सम्पन्न एक समारोहका बीच बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।

आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गर्न बैँक सधै प्रयासरत रहने जनाएको छ ।