काठमाडौँ, १६ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा मंसिर १६ गते नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यससँगै बैँकको १०४ औँ को रुपमा शाखा कार्यालयबाट कारोबार सुरुवात भएको हो । महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।
अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशी व्यक्त गर्दै वडाबासीहरुको तर्फबाट धन्यवाद दिँदै आफूले सक्दो सहयोग गर्ने बताए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।