सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच सम्झौता

दैनिक नेपाल २०७६ मंसिर १६ गते १८:४०


काठमाडौँ, १६ मंसिर । ग्लोबल आइएमई बैंक लि. र रुपाकोट रिर्सोट प्रालिबीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रालिका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), क्रेडिट (Credit) तथा प्रिभिलेज (Privilege)कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ एटिएम, १९५ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्टेलिया, बेलायत र भारत) मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित