काठमाडौँ, १६ मंसिर । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले महिला हिंसा अन्त्य गर्न महिला सशक्तीकरण आवश्यक रहेको बताएका छन् । विकासका लागि नव भूमि नेपाल (एनसिड) ले गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको महिला भेलामा उनले सो कुरा बताएका हुन् ।
उनको कथन थियो, नेपाली महिलालाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पुरुष सरह अधिकार दिएरमात्र उन्नत र समतामूलक समाजको निर्माण गर्न संभव छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ जमुना मोक्तान. गोकर्णेश्वर नपा वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ संस्थाका अध्यक्ष राधा खुलाललगायतले महिला हिंसा न्यूनीकरणको उपायहरुको चर्चा गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस