सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

सिरहामा गरिब जग्गा धनीलाई दर्ता प्रमाण पुर्जा

दैनिक नेपाल २०७६ मंसिर १६ गते १५:०९


-महेश सिंह
सिरहा, १६ मंसिर । नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहानले आयोजना र जिल्ला भुमिअधिकारको समेत सहयोग रहेको थियो । कार्यक्रममा जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ ।

नापी कार्यालय लहानको कार्यालय प्रमुख रबिन सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ सरकारको भुमि व्यवस्था कृषि तथा शहकारी मन्त्री शैलेन्द्र कुमार साहले भने संविधानले प्रदान गरेको सबै हक समित गर्छौँ ।

३ नै तहको जिम्मेवारी हो त्यसको अधिकार अधारभुत काम भुमिको व्यवस्था हुन कृषि प्रबन्ध र युवा लक्षित रोजगारी यसको सृजना प्रदेश सरकार ले गर्छ भन्दै प्रदेश सरकार सरकारको प्राथमिकतामा राखछौँ प्रतिवद्ध भए । सिरहा जिल्लामा १३ हजार बासिन्दाहरु गाउँ बलोकको बासिन्दाहरु रहेको कार्यालय प्रमुख सिंह ले बताए ।

कार्यक्रममा लहान नगर पालिका १५ ढोडनामा २९५ र लहान न. पा २२ शिसवनीमा ४२५ जना गरि जम्मा ७२० जना व्यक्तिहरु लाई प्रदेश मन्त्री साहको हातबाट लाल पुर्जा वितरण गर्नु भएको छ । गाउँ बलोकको जग्गा उपभोग गरेको व्यक्तिहरुलाई लाल पुर्जा दिएको हो भने त्यस मधे ९३ जना लाई विशुद्ध सुकुम्बासीलाई प्रदान गरेको आयोजकले बताए ।

लहान नगर पालिका २२ शिसवनीमा २०१९ सालमा स्थापना भएको अधारभुत बिध्यालय जहदीले ६ कठाँको लाल पुर्जा पाएको पीडित प्रधान अध्यापन राम चन्द्र चौधरीले बताए । विशेष अतिथिहरु राष्ट्रिय भुमि अधिकार मंचको राष्ट्रिय अध्यक्ष सरस्वती सुवा ले सुरक्षित अवास र जिबिको पार्जनको लागी संघर्स गर्दै लहान बाट हक प्राप्तिको औपचारिक सरुवात भएको छ ।

यसले देश भरीको भुमिहिन सुकुम्बासीको पक्छमा सकारात्मक संदेश दिदै खुशी व्यक्त गरे ।कार्यक्रममा मधेसको चेली तथा गायिका शान्ति सदा को गायन प्रस्तुति समेत रहेको आयोजकले बताए ।

धनगढीमाई नगरपालिकाको मेयर हरिनारायण चौधरी लहान नगरपालिकाको मेयर मुनि साह ले भने भुमिहिन र सुकुम्बासीहरुलाई जग्गाको प्रबन्ध गर्छौँ र हामीले सरुवा गर्यौ यो काम लाई हामी निरन्तरता दिन्छौं बताए ।

प्रतिक्रिया
सम्बन्धित